१४ मंसिर २०८३, आईतवार

कोहलपुरमा मिस्टर एण्ड मिस २०८० हुने

एसीपी संवाददाता

६ आश्विन २०८०, शनिबार ०७:४८ मा प्रकाशित

बाँके । बाँकेको कोहलपुरमा मिस्टर एण्ड मिस २०८० हुने भएको छ । कोहलपुरमा एक पत्रकार सम्मेलन मार्फत सौन्दर्य प्रतियोगिता अर्थात मिस्टर एण्ड मिस २०८० हुने भएको आयोजकले जनाएको छ ।

सम्मेलन मार्फत आयोजक शारदा इभेन्टले कार्यक्रमको सम्पूणर् तयारी भईसकेको जानकारी गराउदै पहिलो चरणको अडिशन भोलि शनिवार कोहलपुरमै हुने बताएको छ ।  अर्को चरणको अडिशन एक साता पश्चात अर्थात असोज १३ गते गर्ने आयोजक रौनिस राज गौतमले जानकारी दिए । उनका अनुसार पहिलो र दोस्रो चरणको अडिशनका लागि कोहलपुरलाई बुझेका चार जना स्थानीय निणर्ायक रह्नेछन भने अन्तिम चरणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका निणर्ायक रह्नेछन ।

‘उत्खनन् प्रतिभाको, पहिचान कलाको’ भन्ने मुल नाराका साथ हुन लागेको मिस्टर एण्ड मिस कोहलपुर सौन्दर्य प्रतियोगिता सिजन २ का विजेतालाई आर्कषक नगद पुरुस्कार तथा शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिनेछ ।

आयोजक तथा शारदा इभेन्टका सिईओ गौतमले पत्रकारलाई जानकारी गराउदै विजेतालाई नगद एक लाख र २ लाखको शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने बताए ।

उनले भने, ‘नगद पुरस्कार अन्र्तगत विजेतालाई २५/२५ हजार नगद, फस्ट रनअरलाई १५/१५ हजार र सेकण्ड रनअरलाई १०/१० हजार नगद तथा अन्य उपहार उपलब्ध गराईनेछ ।’

‘शैक्षिक छात्रवृत्ति अन्र्तगत ५०/५० हजार, फस्ट रनअरलाई ३०/३० हजार र सेकण्ड रनअरलाई २०/२० हजारको शैक्षिक छात्रवृत्ति उपलब्ध गराईने छ ।’

उक्त छात्रवृत्ति स्वदेश तथा विदेशका लागि समेत प्रदान गरिने र विजयी भएकाले यो सुविधा ५ वर्षभित्र लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x