१४ मंसिर २०८३, आईतवार

मुस्लिम संघको महाधिवेशन तयारी पूरा

एसीपी संवाददाता

६ आश्विन २०८०, शनिबार १४:२३ मा प्रकाशित

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको महाधिवेशनको तयारी पूरा भएको छ ।

महाधिवेशनको भोलि राष्ट्रिय सभागृहमा उद्घाटन हुनेछ । महाधिवेशन असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

मुस्लिम सङ्घका कार्यवाहक सभापति अताबुल मन्सुरका अनुसार सो महाधिवेशनको उद्घाटन भोलि दिउँसो २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

भावी अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुरसहित महासचिव मुक्तार आलम, सलावत दिनमियाँले दाबेदारी प्रस्तुत गर्ने तयारी गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x