३१ भाद्र २०८३, बुधबार

दार्जिलिङमा अम्बर गुरूङको शालिक निर्माण, कात्तिक १९ गते अनावरण

एसीपी संवाददाता

८ आश्विन २०८०, सोमबार ०९:२६ मा प्रकाशित

राष्ट्रिय गानका संगीतकार अम्बर गुरूङको दार्जिलिङमा शालिक निर्माण भएको छ।

गुरूङले नेपाली आधुनिक संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लभ एन्ड सपोर्ट फाउण्डेशन नेपाल र सिक्किमको संयुक्त पहलमा दार्जिलिङको मिरिक महकु स्थित टिंगलिंग चियाबारी भ्यु पोइन्टमा उनको पूर्णकदको शालिक निर्माण गरिएको हो।

उक्त शालिकको अनावरण कात्तिक १९ (नोभेम्बर ५) गते  हुने फाउण्डेशनले जनाएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाउन्डेशनले द्रुत गतिमा शालिक निर्माण भइरहेको र एक महिनापछि अनावरण गरिने जानकारी दिएको छ।

शालिक अनावरण कार्यक्रमका दिन एउटै मंचमा अम्बर गुरूंग स्मृती ग्रन्थ विमोचन र भव्य सांगीतिक कार्यक्रमको आयोजना समेत गरिने फाउण्डेशनका सदस्य महेश लिम्बूले जानकारी दिए।

कार्यक्रमका बीच नेपाली गीत संगीत क्षेत्रमा योगदान गर्ने अग्रज श्रष्टा लगायत सामाजिक र शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई नगद ५१००० भारतीय रूपयाँ र ताम्रपत्र सहित सम्मान गरिने लिम्बूले जानकारी दिए।

सो अनुसार नेपाली आधुनिक गायन संगीत क्षेत्रका अग्रज श्रष्टा शान्ति ठटाल, गायक तथा संगीतकार दीप श्रेष्ठ, वरिष्ठ गीतकार शिवशंकर थापा र शिक्षाविद् समाजसेवी नारद पोख्रेललाई अम्बर गुरूङ गीत संगीत पुरस्कारबाट सम्मान गरिने फाउन्डेशनले जानकारी दिएको छ। सेतोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x