१३ आश्विन २०८३, मंगलवार
राष्ट्रपति पौडेल भन्छन् – नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउनु मेरा लागि अविस्मरणीय
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता लिनबाट बञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु आफ्ना लागि अविस्मरणीय रहेको टिप्पणी गरेका छन् ।
जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘नागरिकता लिनबाट बञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय रहनेछ।’
नेपालको राष्ट्रिय एकताको चुरो मधेशमा रहेको भन्नेमा आफू सधैं दृढ रहेको राष्ट्रपति पौडेलको भनाई छ ।
Subscribe
Login
0 Comments


