१४ मंसिर २०८३, आईतवार

पर्यटन वर्षमा कोशी टप्पुलाई चितवन राष्ट्रिय निकुञ्जको उपहार ,पुष्पा र अञ्जली

एसीपी संवाददाता

११ आश्विन २०८०, बिहीबार ०९:२७ मा प्रकाशित

राजविराज । पर्यटन वर्षको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जबाट सप्तरी ल्याइएका दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई बुधवार आज कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिमी क्षेत्र सप्तरीको कञ्चनरूप नगरपालिका –५ स्थित पथरीबाट क्षेत्रमा पुगेपछि काठले बनाएको खोर खोलेर गैँडालाई छाडिएको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका प्रमुख वार्डन रमेश यादवले जानकारी दिनुभयो ।
यसैबीच विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर वन्यजन्तु उद्दार केन्द्र तथा एकसिंगे गैंडा स्वागत कार्यक्रमलाई उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले आरक्ष क्षेत्र नजिक रहेका नागरिकमाथि जनावरको आक्रमण तथा न्यूनीकरणका लागि नेपाल सरकारले आउने दिनमा विभिन्न उपायहरू अपनाउने बताए ।
परिवार वढाउन अहिले पुष्पाञ्जली लाई ल्याइएको हो भने केही दिनमै विरु अर्थात एउटा भाले गैंडा ल्याएर उनीहरूको सुन्दर र बृहत्त परिवार विकास गर्नको लागि मन्त्रालयले आवश्यक पहल गर्ने मन्त्री महतोले बताए ।
राष्ट्रिय निकुञ्जबाट उद्धार गरेर सौराहामा हुर्काए पछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी टप्पु क्षेत्रमा ल्याई छाडिएको प्रमुख वाईन यादवले बताए ।
ती दुवै पोथी गैँडा हुन । गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो ।
अहिले पुष्पा करिब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन । चितवन राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै खोरमा राखेर ल्याइएको गैंडा सोमबार कोशी टप्पु पुुर्याएका थिए ।
गैंडा हस्तान्तरण समारोहमा उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा , सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मन्त्रालयका निमित्त सचिव जगनाथ प्रसाद जयसवाल सहितको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x