१४ मंसिर २०८३, आईतवार

कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण तथा सवस्टेशनको मन्त्री बस्नेतद्वारा शिलान्यास

एसीपी संवाददाता

१२ आश्विन २०८०, शुक्रबार ०७:२० मा प्रकाशित

कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन तथा १३२÷३३ केभी न्यू नेपालगन्ज सवस्टेशनको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका छन् । कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन तथा १३२÷३३ केभी न्यू नेपालगन्ज सवस्टेशन शिलान्यास गर्दै मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको बताए ।
उनले सोहि अनुरुप कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन तथा १३२÷३३ केभी न्यू नेपालगन्ज सवस्टेशनको शिलान्यास गरिएको बताए । मन्त्री बस्नेतले समयमै काम सम्पन्न गराउन सरोकारवाला निकायको खबरदारी आवश्यक रहेको औँल्याए ।
कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को–१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको बताए । उनले आयोजना सम्पन्न भए नेपालगन्ज र आसपास क्षेत्रमा विद्युत समस्या समाधान हुने जिकिर गरे ।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु रत्न खत्रीले आयोजना समयमै सम्पर्क गराउन निर्माण खवरदारी गर्न आग्रह गरे । उनले आयोजनाले बाँकेको मुहार फेर्न मद्दत पुग्ने बताए ।
प्रदेश सांसद बादशाह कुर्मीले आयोजना आउने ठूलो कुरा नभई सम्पन्न गराउने ठूलो कुरा भएको बताए । उनले आयोजना बाँकेको मात्र नभई सिंगो पश्चिम नेपालको गौरवको आयोजना भएको बताए ।
जानकी गाउँपालिका ५ बकसपुरमा निर्माण हुने प्रसारण लाइन तथा सबस्टेशनका लागि चार बिघा ७ कठ्ठा ८ धुर जग्गा लिइएको छ । उक्त आयोजनाका लागि दुई अर्व बजेट लाग्ने अनुमान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x