१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै

एसीपी संवाददाता

१२ आश्विन २०८०, शुक्रबार ०७:३० मा प्रकाशित

काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सछुआन प्रान्तको राजधानी छेन्दु जाँदै हुनुहुन्छ ।

बिहीबार कैलाश पर्वतको दर्शन र मानसरोवर तालको भ्रमण गरी त्यही बस्नुभएका प्रधानमन्त्री दाहाल शुक्रबार ल्हासा फर्कने र बेलुका सिछुआन प्रान्तको राजधानी छेन्दु जानुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने बताइएको छ । साथै उहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ताको कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल शनिबार छेन्दुबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x