१४ मंसिर २०८३, आईतवार
बागमतीमा सहमतिमै एमाले नेतृत्व छान्ने शीर्ष नेताहरूकाे प्रयास विफल, मतदान हुँदै
नेकपा एमाले बागमती प्रदेशकाे नयाँ नेतृत्व चयनका लागि आज बिहान मतदान हुँदैछ । सहमतिका लागि शीर्ष नेताहरूकाे लगातारकाे प्रयास असफल भएपछि अध्यक्षसहितका पदाधिकारी र खुला सदस्यमा मतदान हुन लागेकाे हाे ।
आज बिहान आठ बजेपछि विद्युतीय मतदान हुने जनाइएकाे छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा छ । अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएकोमा हिजाे तीन जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका पाण्डेले ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् भने श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्ने बताएका छन् ।
ढुंगेल महासचिव शंकर पोखरेल र दाहाल उपाध्यक्ष विष्णु पौडेल निकट रहेको बताइन्छ । सिलापत्र
Subscribe
Login
0 Comments


