१४ मंसिर २०८३, आईतवार

सल्यानमा जिप दुर्घटनामा २ जनाको मृत्यु, १४ घाइते

एसीपी संवाददाता

१४ आश्विन २०८०, आईतवार ०७:५३ मा प्रकाशित

दाङ । केही दिनको अन्तरालमै फेरि सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

शुक्रबार साँझ अन्दाजी साढे ५ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखराबाट शारदा नगरपालिका-१२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप दुर्घटना भएर जीप सडकदेखि झन्डै ६० मिटर तल खसेकोे सल्यान प्रहरीले जनाएको छ ।

सल्यान प्रहरीका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका-१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा हुन् ।

शुक्रबार साँझ मेला हेरेर फर्किंदै गर्दा दुर्घटनामा परेर गम्भीर घाइते भएका सेजवाल र बोहराको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका घाइतेहरु मध्ये एक जनालाई सुर्खेत पठाइएको र अन्य १३ जनाको सल्यानमै उपचार भइरहेको सल्यान प्रहरीले जानकारी दिएको छ । केही दिन अघि मात्र सल्यानमा जिप दुर्घटना हुँदा बाबु-छोराको ज्यान गएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x