१४ मंसिर २०८३, आईतवार

नेपालगन्ज बजारमा अझै पनि निषेधाज्ञा लागू छ

एसीपी संवाददाता

१९ आश्विन २०८०, शुक्रबार ०८:५३ मा प्रकाशित

नेपालगन्ज-  असोज १९ गते शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू हटाइएको छ ।

अहिलेको अवस्थामा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टास्न वा लेख्न नपाईने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा भने लागू रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै राति ८ बजेदेखि भोली असोज २० गते शनिबार बिहान ६ बजे सम्म नेपालगंज उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) चार किल्ला तोकि कर्फ्यू आदेश पूर्ववत रूपमा यथावत रहेको सूचना जारी भएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा  विहान जारी विज्ञप्तीमा असोज १८ गते बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म नेपालगञ्ज क्षेत्रमा लगाइएको कफ्र्यु हटाउने र १८ गते साँझ ८ बजेदेखि १९ गते बिहान ६ बजेसम्म कफ्र्यु रहने उल्लेख छ । यो स्थानमा कफ्यु हटेको समयमा निषेधज्ञा जारी भएको छ ।

स्थानीय प्रशासनले जारी कर्फु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ (क) (१) (३) बमोजिम २०८० असोज १६ गते दिउसो १ बजेदेखि लागू हुने गरि अनिश्चित कालिन कर्फु आदेश जारी गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x