१४ मंसिर २०८३, आईतवार

रोकिएन बझाङमा भूकम्पको धक्का, फेरि गयो ५.३ म्याग्निच्युडको परकम्प

एसीपी संवाददाता

२० आश्विन २०८०, शनिबार १२:२५ मा प्रकाशित

काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्प पछि परकम्प जाने क्रम जारी छ ।

आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प  गएको छ ।

१६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ ।

१६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् । यो सबैभन्दा ठूलो पराकम्प हो । अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x