१४ मंसिर २०८३, आईतवार
भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न
काठमाडौँ । सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न भएको छ । काठमाडौँस्थित भारतीय दूतावासले शनिबार एक विज्ञप्ति जारी गरी पोखरामा आयोजित परामर्श समूहको बैठक सम्पन्न भएको जानकारी दिएको हो ।
बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव श्री अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकार परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव श्री भृगु ढुङ्गानाले गरेका थिए । दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागीता रहेको थियो ।
नेपाल र भारतबीच द्विपक्षीय सुरक्षा र सुरक्षा सहकार्य प्रवर्धन गर्ने हेतुका साथ सन् २००३ मा स्थापना गरिएको द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र हो ।
Subscribe
Login
0 Comments


