१४ मंसिर २०८३, आईतवार

भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरापुत्र राहुलसँगै ४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

एसीपी संवाददाता

२१ आश्विन २०८०, आईतवार २०:०४ मा प्रकाशित

काठमाडौँ- प्रहरीले विद्युतीय चुरोट भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनका लागि पूर्वसभामुख महराका छोरा राहुलसहित चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।

दावा यसअघि नै ६१ किलो सुन प्रकरणमा पक्राउ परेका थिए । सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x