१४ मंसिर २०८३, आईतवार
नेपालगञ्ज-२१ तेलियनपुरमा ३३ जनाद्वारा रक्तदान
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ तेलियनपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तेलियनपुर टोल विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । त्यसक्रममा ३३ जनाले रगत दान गरेको समितिका अध्यक्ष भागिराम बुढा मगरले जानकारी दिए ।
‘रगतको कमीले अनाहकमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले रक्तदान गरेका हौं ।’ तेलियनपुर टोल विकास समितका अध्यक्ष बुढा मगरले भने–‘पछिल्लो समय रगत अभावका कारण विरामीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरी रक्तदान गरेका छौं, यो हाम्रो पहिलो प्रयास हो, आगामी ३–३ महिनामा नियमित रक्तदान गर्ने योजना बनाएका छौं ।’
टोलको विकासका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको समितिले टोल सुधारको योजना बनाई सरसफाई अभियान, लागूऔषध दुव्र्यसनी विरुद्ध सचेतीकरण, देउसीभैलोबाट संकलित रकम टोल विकासमा खर्च गर्नुका साथै सामाजिक परोपकारका कार्य गर्दै आएको समितिका सचिव मोहन पुनले जानकारी दिए । रक्तदान कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका बरिष्ठ रक्त प्राविधिक सोमप्रकाश सापकोटाको नेतृत्वमा ६ जनाको टोली खटिएको थियो । ।
Subscribe
Login
0 Comments


