१४ मंसिर २०८३, आईतवार

इजरायलको आतंकवादी हमलाको टिप्पणीपछि एमाले नेता पन्त विवादमा

एसीपी संवाददाता

२४ आश्विन २०८०, बुधबार ०९:४४ मा प्रकाशित

इजरायलमा भएको आतंकवादी हमलाका विषयमा दिएको अभिब्यक्तिका कारण एमाले सांसद रघुजी पन्त विवादमा परेका छन्। इजरायल गएकाहरु वाध्यताले भन्दा पनि महत्वकांक्षा वढि भएकाले गएको आसयमा अभिब्यक्ति दिएपछि उनी विवादमा परेका हुन।

उनले वोलेको कुरा अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय भएको छ। उनले भने इजरायलमा नेपाली विद्यार्थीहरू मारिएको घटनाभन्दा अघि बोलेको अभिव्यक्तिलाई काँटछाँट गरी भ्रम उत्पन्न गरेको भन्दै त्यस्ता भिडियोहरू हटाउन माग गरेका छन् ।

उनले मंगलबार प्रेस वक्तव्य जारी गर्दै यस्ता कार्य रोक्नका लागि सम्बन्धित क्षेत्रको ध्यानाकर्षणसमेत गराएका छन् । ‘इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परि मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडियो बनाएर टिकटक, युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ‚’ उनले भनेका छन् ‘बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्नेगरी भिडियो बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकाले यस्ता भिडियोहरु हटाउन माग गर्दछु ।’

उनले इजरायलमा रहेका नेपालीहरूलाई तदारुकताका साथ छिटो उद्धार गर्न र मृतकका परिवारलाई इजरायली सरकारबाट समेत थप क्षतिपूर्ति उपलब्ध गराउनका लागि कूटनीतिक पहल गर्न अनुरोध गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x