१४ मंसिर २०८३, आईतवार
काठमाडौं लगायत आसपासको क्षेत्रमा भूकम्प
काठमाडौँ — धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
भूकम्पको काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका अनुसार भूकम्पको तिव्रता ५.२ रेक्टर स्केल मापन गरिएको छ ।
नोट : राससबाट प्राप्त सूचनाका आधारमा समाचार अपडेट गरिएको । ईकान्तिपुर
Subscribe
Login
0 Comments


