७ कार्तिक २०८१, बुधबार

भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति

एसीपी संवाददाता

५ कार्तिक २०८०, आईतवार १५:१७ मा प्रकाशित

काठमाडौं । आइतबार बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो ।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । ‘मानवीय क्षति छैन, घर गोठ चाँहि भत्किएको, चर्किएको छ’ उनले भने । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x