१४ मंसिर २०८३, आईतवार

नागरिक एपमा लाइसेन्स विवरण राख्नुभएको छ भने अब त्यसले मान्यता पाउने

एसीपी संवाददाता

१३ कार्तिक २०८०, सोमबार १७:१० मा प्रकाशित

बाँके। तपाईंले सवारी चालक अनुमतिपत्र साथमा बोक्नु भएको छैन तर ट्राफिक प्रहरीको चेकजाँचमा पर्नुभयो भने पनि अब चीट काट्ने छैन ।

नागरिक एपमा तपाईको लाइसेन्स विवरण राख्नुभएको छ भने अब त्यसले मान्यता पाउने भएको छ । 

नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता निदएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो नपर्ने सरकारले जनाएको छ ।

नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापीरुपमा कार्यन्वयनमा आएको नागरिक एपको फेसबुक पेजमा उल्लेख छ ।यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x