१४ मंसिर २०८३, आईतवार
नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउने
काठमाडौं– नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउने मुख्य उद्देशयसहित बेलायमा लगानी सम्मेलन आयोजना गरिँदैछ।
२१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धिको १०० वर्ष पूरा भएको अवसर समेत पारेर लगानी सम्मेलन आयोजना गरिएको नेपाली राजदूतावास बेलायतले जनाएको छ।
विशेष गरी बेलायतबाट नेपालमा जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रहरुमा लगानी भित्र्याउने उद्देश्यले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिश इन्टरनेश्नल इन्भेष्टमेन्ट (British International Investment) समेतको सहयोगमा हुदै छ ।
Subscribe
Login
0 Comments


