१३ आश्विन २०८३, मंगलवार
सप्रजिअको नेतृत्वमा बजार अनुगमन सम्पन्न
रिसब सिंह वाडिया नेपालगन्ज – जिल्ला प्रशासन कार्यालय बाकेको नियमित बजार अनुगमन सम्पन्न भएको छ । नेपालगन्ज मा रहेको विभिन्न पसलहरुमा नियमित अनुगमन अन्तर्गत बुधबार बजार अनुगमन भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वको सरोकारवाला सहितको टिमले बजार अनुगमन गरेको हो । संपन्न अनुगमन कार्यक्रममा बजार अनुगमनको अद्यबदिक अवस्था अनुगमन भएको पसल संख्या – ३० वटा रहेको छ । २ वटा पसललाई जरिवानाको निर्णय भएको रु ३०,००० ( १ लाई २० हजार , अर्को १ लाई १० हजार ) म्याद गुजृएको बियर रु ४,७४० मुल्य बराबर नस्ट गरिएको हो । त्यस्तै अवैध सुर्तीजन्य पद्वार्थ रु ३८,१९४ बराबर जफत गरि नस्ट गरिएको ।
Subscribe
Login
0 Comments


