१३ मंसिर २०८३, शनिबार

उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको अपिल

एसीपी संवाददाता

१८ कार्तिक २०८०, शनिबार ०७:५६ मा प्रकाशित

काठमाडौँ,  जाजरकोटमा गएको भूकम्पमा परी  ठुलो क्षति भएपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गरेका छन् ।

‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु । घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १३१ भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x