१३ मंसिर २०८३, शनिबार

भुकम्प पीडित उपचारका लागि बाँके प्रशासनले बिहान ३ बजे बाटै तयारी अवस्थामा

एसीपी संवाददाता

१८ कार्तिक २०८०, शनिबार १०:१० मा प्रकाशित

गएराति जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको छ ।

भुकम्पमा परेर गंभिर घाईते भएकाहरुको उपचारका लागि बाँके प्रशासनले बिहान ३ बजे बाटै तयारी थालिएको जनाएको छ ।

नेपालगञ्ज स्थित रहेको भेरी अस्पताल नेपालगञ्जलाई उपचारको लागि डिडिकेटेड अस्पताल बनाईएको जिल्ला प्रशासन कार्यालयका जिल्ला प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिए ।

उनले ब्याक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि फोकल पर्सन नरेश श्रेस्ठलाई तोकिएको छ ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १ सय ५ वटा बेड तयारी अवस्थामा राखिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्शिङ स्टाफ र लजिस्टिकको समेत प्रबन्ध मिलाईएको जिल्ला प्रशासनले जनाएको छ ।

हेलिकप्टरबाट आउने बिरामीहरुको लागि रांझा बिमानस्थल र आर्मिको हेलिप्याडमा गरी २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

प्रजिअ अनुसार ब्लडको मौज्दात रहेको छ, अपुग भएमा फ्रेश ब्लड आपुर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था मिलाईएको छ । ईश्र्दान्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x