१३ आश्विन २०८३, मंगलवार
भुकम्प पीडितका लागि ग्रीन सिटि नेपालगन्जद्वारा खाद्यान्न सामाग्री सहयोग

रिसब सिंह बाडिया , करण बाडिया नेपालगन्ज – शुक्रबार राती जाजरकोटलाई मुख्य केन्द्र बिन्दु बनाई जाजरकोट र पश्चिम् रुकुममा आएको भुकम्प बाट पीडितहरुका लागि नेपालगन्ज बाट खाद्यान्न सहयोग गर्दै जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ६ मा रहेको ग्रीन सिटि नेपालगन्जले ७७ हजार बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।
बाकेका प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न हस्तान्तरण गरिएको ग्रीन सिटिका प्रबन्धक रसीद कुरैसीले जानकारी दिनु भयो । अहिलेसम्म भुकम्पका कारण १ सय ३६ जनाको मृत्यु भएको खबर आएको छ थप विवरण संकलन हुँदै छ । जाजरकोटमा उपचारको लागि आवश्यक स्वास्थ्यस्थिती न हुँदा नेपालगन्जको भेरी अस्पताल बिहान ३ बजे बाट तयारी अवस्था राखिएको हो । 
Subscribe
Login
0 Comments


