१३ मंसिर २०८३, शनिबार
कर्णाली प्रदेश सरकारले आज शोक मनाउने
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा आज शोक मनाउने भएको छ ।
शनिबार बसेको प्रदेश सरकारको बैठकले आइतबार शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आह्वान गरेको छ ।
शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर अहिलेसमम एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुबै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
Subscribe
Login
0 Comments


