१७ असार २०८३, बुधबार

चिनियाँ ऋणमा फसेको लुम्बिनी अन्तर्राष्ट्रिय बिमान स्थल संचालग गर्न माङ

एसीपी संवाददाता

१३ मंसिर २०८०, बुधबार ०९:१४ मा प्रकाशित

सिद्धार्थ उद्योग वाणिज्य संघले मंगलबार देउवालाई ज्ञापनपत्र बुझाउँदै विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको गुनासो गरेका हुन् । २०७८ कात्तिकमा उद्घाटन गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमले मलेसियामा उडान गर्नेबाहेक अरु अन्तर्राष्ट्रिय उडान छैन । विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी, व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि र पछि गरी भैरहवा क्षेत्रमा होटल तथा पर्यटन व्यवसायमा ८० अर्ब रुपैयाँ निजी क्षेत्रको लगानी भएको संघको भनाइ छ । अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा पर्यटन क्षेत्रमा गरेको लगानी असुरक्षित भएको भन्दै संघले भनेको छ, ‘अहिले बैंकले विभिन्न बहानामा धरपकड गरिरहेको छ । यस्तो अवस्थामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । सो लगानी सुरक्षित गराउने वातावरणका लागि समन्वय गरिदिनुहुन हुन माग गर्दछौं ।’

संघले देउवालाई बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमा भैरहवामा अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरु आकर्षित गर्न नेपाल वायु सेवा निगमको जहाज निरन्तर उडान हुनुपर्ने, वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–कतार उडान सुरु गर्नुपर्ने, वुद्ध धर्मावलम्बीको बसोबास भएको मुलुकबाट नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गर्नुपर्ने लगायतका माग छन् ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको कम्तीमा २५ प्रतिशत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सार्नुपर्ने, विमानस्थलमा सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग पनि संघले राखेको छ ।

संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान तथा अवतरणमा दिएको सहुलियत थप एक वर्षसम्म निरन्तरता दिनुपर्ने पनि माग राखेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले ४३ अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ८० अर्बको निजी क्षेत्रको लगानी भए पनि विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्र मर्कामा परेको बताए ।

ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री देउवाले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्ण सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए । अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x