७ आश्विन २०८३, बुधबार

इ–रिक्सामा यात्रु बोक्न रोक लगाउने निर्णय कार्यान्वयनमा

एसीपी संवाददाता

१९ मंसिर २०८०, मंगलवार १९:२८ मा प्रकाशित

नेपालगन्ज मङ्सिर १९ गते । नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ–रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यसअघि गरेको निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा ल्याएको छ ।

प्रहरी र नगर प्रहरीसहितको टोलीले निर्णय कार्यान्वयनका लागि मङ्गलबार नेपालगन्जका विभिन्न स्थानबाट १३७ वटा रातो नम्बर प्लेटका रिक्सा नियन्त्रणमा लिएको नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।

नगर प्रहरी निरीक्षक बोगटीले भन्नुभयो, ‘‘१५ दिने सूचना जारी गरिएपनि अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेकाले आवश्यक कारबाहीका लागि नियन्त्रणका लिएका छौँ ।’’ नियन्त्रणमा राखिएका रिक्सा जिल्ला प्रशासन कार्यालय र गणेशमान चोकस्थित लागू औषध नियन्त्रण इकाई परिसरमा राखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारबालाबिचको बैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोक्ने क्रम बढेकाले त्यसमा यात्रु बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

रातोलाई कालो नम्बर प्लेट बनाउनका लागि लागि १५ दिने सूचना जारी भएकोमा त्यसलाई अटेर गर्दै रातो नम्बर प्लेटबाट नै यात्रु बोक्ने कार्य गरिरहेका इ–रिक्सा नियन्त्रणमा लिइएको हो । नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्सा रातो नम्बर प्लेटमा चलिरहेकाले ती इ–रिक्सालाई कालो नम्बर प्लेट बनाउनका लागि सम्बन्धित सवारी धनीलाई जानकारी गराउन १५ दिने सूचना जारी प्रकाशन भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x