२ श्रावण २०८३, शनिबार

जसको टाउको ठाडो छ ती कांग्रेस हुन्, जसले टाउको निहुराएका छन् ती पञ्च हुन्

एसीपी संवाददाता

१० कार्तिक २०७७, सोमबार ०९:४१ मा प्रकाशित

दर्शकतर्फ इंगित गर्दै राजा महेन्द्रले सँगै रहेका आफ्ना एक मन्त्रीलाइ सोधे– यी मानिसमा को कांग्रेस हो को पञ्च हाे तिमी बताउन सक्छौ? मन्त्रीको स्वाभाविक उत्तर थियो, म सबैलाई चिन्दिन कसरी बताउँ सरकार ? राजाले भने– म चिन्छु, जो जसको टाउको ठाडो छ ती कांग्रेस हुन्, जसले टाउको निहुराएका छन् ती पञ्च हुन्

एउटा प्रसंगबाट सुरु गरौँ। २०१९–२० सालतीर जनकपुर अञ्चलको कुनै एक भेलामा उपस्थित दर्शकतर्फ इंगित गर्दै राजा महेन्द्रले सँगै रहेका आफ्ना एक मन्त्रीलाइ सोधे– यी मानिसमा को कांग्रेस हो को पञ्च हाे तिमी बताउन सक्छौ? मन्त्रीको स्वाभाविक उत्तर थियो, म सबैलाई चिन्दिन कसरी बताउँ सरकार ? राजाले भने– म चिन्छु, जो जसको टाउको ठाडो छ ती कांग्रेस हुन्, जसले टाउको निहुराएका छन् ती पञ्च हुन्। महेन्द्रले यो किनभने उनै जानून्। मेरो विचारमा, पञ्चहरू सबै मेरा दाससरह हौ, तिमीहरूको मबाहेक कुनै स्वतन्त्र अस्तित्व छैन भन्ने सन्देश थियो।अर्को, जो जो पञ्च बने तिनीहरू त्यस भन्दा पहिले कुनै पार्टीमा आबद्ध थिए । सभामा आएका मानिसका अगाडि पर्दा आफ्नो कायरता तथा सिद्धान्तप्रति धोका गरेको अपराधबोध भयो। अपराधबोधका कारण शिर ठाडो हुन सकेन, निहुरियो। पञ्चायत बेइमानहरूको समूहबाट चलेको व्यवस्था थियो। पञ्च बनेकाहरू कुनै न कुनै पार्टीलाई बेइमानी गरेर आएका व्यक्ति थिए। त्यसमध्ये जो जो कांग्रेसलाई बेइमानी गरेर आएका थिए तीमध्ये अधिकांशको शिर निहुरिन्थ्यो। कम्युनिस्टबाट पञ्च बनेका अधिकांशको शिर निहुरिँदैनथ्यो। यसको कारण मनोविज्ञान हो।

कम्युनिस्ट स्कुलिङमा घुसपैठ गर्नु नीति नै हो। धोका दिनु सामान्य हुन्छ।कम्युनिस्ट पार्टीमा साध्य मात्र हेरिन्छ।साधनको शुद्धताको जरुरत पर्दैन।प्रजातान्त्रिक पार्टीमा साध्यको साथै साधनको पवित्रताप्रति पनि सचेत रहनुपर्छ। दूषित साधनबाट प्राप्त साध्य पनि दोषयुक्त हुन्छ भन्ने मान्यता हुन्छ।बेइमान चरित्र प्रजातान्त्रिक हुन सक्दैन।प्रजातन्त्रवादी बन्न चरित्र इमान्दार हुनुपर्छ।तब मात्र शिर ठाडो हुन्छ। उदाहरणका लागि टाढा पुग्नुपर्दैन। भर्खर संविधान दिवसको दिन प्रधानमन्त्रीले नहिच्किचाइ भन्नुभयो–भ्रष्टाचारीलाई कार्बाही गर्न मुखमा पानी हाल्दिन।अर्थात भ्रष्टाचारीलाई कार्बाही गर्छु भन्न मलाई कुनै संकोच छैन।हरेक नेपालीलाई थाहा छ– वाइडबडीदेखि ओम्नीसम्म आउँदा अरबौँ रुपियाँका दर्जन बढी भ्रष्टाचार काण्डका नाइके स्वयं प्रधानमन्त्री हुनुहुन्छ। यही कुरा कांग्रेस पार्टीको कुनै अमुक नेताले बोल्नुपर्ने हो भने उहाँको जिब्रो सुक्छ, बोली लरबरिन्छ। स्कुलिङको यही हो भिन्नता। कम्युनिस्ट स्कुलिङमा पार्टी नै सर्वेसर्वा हो।पार्टीको नाउँमा गरिएका सबै नाजायज काम जनपक्षीय हुन्।अपराधबोध हुनु कम्युनिस्ट धर्म होइन। राममणिलाई छ्याक छ्याक पार्नु, शिवलाललाई डण्डीले पेल्नु, भेषबहादुरलाई रेट्नु,हुमानन्दलाई छिनाल्नु,धरम ढकालको टाउको र ढाड छुट्टाइदिनु जनक्रान्ति,जनयुद्ध हुन्। यस्ता क्रान्तिकारी काममा पश्चाताप आयो भने त्यो व्यक्ति कम्युनिस्टनै रहँदैन। प्रजातान्त्रिक पार्टीमा जनता सर्वेसर्वा हुन्।पार्टी साधन मात्र हो।जनसेवा गर्न संगठित हुने माध्यम मात्र हो पार्टी। स्वच्छ भावना र इमान्दार नभइकन जनसेवा हुँदैन,प्रजातान्त्रिक पनि बनिँदैन।

नेपाली कांग्रेसका प्रतिनिधिलेसभापति को बनाउने भन्ने नसोची कस्तो व्यक्तिलाई सभापति बनाउने भन्ने सोच्नुपर्छ।

२०१९–२० सालमा कांग्रेसका लागि प्रतिकूल समय थियो। नेताहरू जेलमा हुनुहुन्थ्यो।राज्यले अराष्ट्रिय तत्व भन्थ्यो। कुनै गतिविधि गरेको थाहा पाए थुनिनुप-यो। जेल सार्ने बहानामा मारी पनि दिन्थे। तापनि कांग्रेसको शिर ठाडै थियो। किनकि कांग्रेसले कुनै गल्ती गरेको थिएन।प्रजातन्त्र ल्याउन बलिदान दिएको थियो।सरकारमा रहँदा कांग्रेसका नेताले गल्ती गरेका थिएनन्।भ्रष्टाचार गरेनन्।जनताको पक्षमा काम गरे। जनजनमा कांग्रेसप्रति माया थियो। नेताप्रतिश्रद्धा थियो। त्यसैले सबै कांग्रेसको शिरठाडो थियो। कांग्रेस देश र जनताप्रति इमान्दारिताका साथ काम गर्दागर्दै राजाले घात गरे। जनतासँग बेइमानी गरे। त्यसको विरुद्धमा कांग्रेस लडी रह्यो। जनअधिकार पुनस्र्थापनाका लागि अनेक बलिदान दियो। फलस्वरूप २०४६ सालमा प्रजातन्त्र आयो। २०४८ सालमा बहुमत प्राप्त गरी सरकार बनायो। त्यो समयसम्म कांग्रेसको शिर ठाडो थियो। २०५१ मा कांग्रेसले गल्ती ग-यो। जनताको विश्वासमाथि खेलवाड ग¥यो।सत्ताको मातमा आफ्नै बहुमतको सरकार आफँै गिरायो। देशभरका कांग्रेसको शिर निहु¥याउने काम ग¥यो।शिर झुकेका तेजोबध भएका कार्यकर्ताबाट पार्टीलाई बहुमत प्राप्त भएन।गल्ती नेताले गरे। दण्ड पार्टीले भोग्नुप¥यो। चोट आमकार्यकर्ताको मनमा लाग्यो।

साधारण कार्यकर्ताको गल्तीको प्रभाव सानो हुन्छ। आफ्नो छरछिमेक वरिपरि मात्र। तर नेतृत्वको गल्तीको प्रभाव ठूलो हुन्छ। त्यसमाथि मूल नेतृत्वले गल्ती ग¥यो भने त्यसको देशव्यापी प्रभाव पर्छ। नेतृत्व ठीक हुँदा, राम्रा काम गर्दा जनताले माया गर्छन्।सत्तामा पु¥याउँछन्। नेतृत्वले गलत गर्दा पूरै पार्टीलाई रछ्यानको वस्तु बनाइदिन्छन्। २०५६ को बहुमत कांग्रेसले सम्हाल्न सकेन। २०५८ मा प्रजातन्त्र दरबारमा लगेर बुझायो।त्यसको दण्ड २०६४ को निर्वाचनसम्म भोग्नुप¥यो। जनताले कांग्रेसलाई निरीह बनाइदिए। २०७० मा कांग्रेसले नेतृत्व परिवर्तन गरेर सुशील कोइरालाको नेतृत्वमा निर्वाचनमा गयो। जनताले विश्वास गरी सबैभन्दा ठूलो पार्टी बनाइदिए। कांग्रेसले आफ्नो वचनअनुसार संविधान पनि बनायो। त्यसपछि आएको नेतृत्वले गल्ती गर्न लाग्यो। औचित्यहीन तथा जनभावना प्रतिकूलका निर्णय हुन थाले।परिणाम,२०७४ को चुनावमा कांग्रेस पुनः निरीह बन्न पुग्यो।

कांग्रेसको जिम्मेवारी सम्हाल्नेले यो बुझ्नुपर्छ कि नेतृत्वले गल्ती गर्दा देशभरका कार्यकर्ताको शिर झुक्छ।झुकेको शिरले त्यो नेतृत्वलाई चोखो बनाउन र सत्तामा पु¥याउन सक्दैन। कांग्रेसको माया छ भने बुद्धिमानी यो हो कि गल्ती गर्ने नेतृत्वले स्थान खाली गर्नुपर्छ। २०५१ मा भएको गल्तीको जिम्मेवारी लिँदै गिरिजाप्रसादले २०५६ को निर्वाचनमा किशुनजीलाई अगाडि सार्नुभयो।बहुमत आयो। जनताले विश्वास गरे। बहुमतपछि  पुनः धोखाधडी सुरु भयो।परिणाम,२०६४ ले देखाएकै छ।तसर्थ गल्ती गर्नेले ठाउँ खाली गर्नु नै महानता हो।किशुनजीलाई प्रधानमन्त्री बनाउँदा गिरिजाप्रसादको कद घटेन। उहाँ पनि महान् बन्नुभयो।पद ओगटेर महान् बनिँदैन।पद त्यागले महान् बनाउँछ।

केही मित्र भन्नुहुन्छ– कांग्रेसले संगठन गर्न कम्युनिस्टसँग सिक्नुपर्छ।कम्युनिस्टले कार्यकर्ता पालेका छन्, पूर्णकालीन कार्यकर्ता बनाएका छन्, कांग्रेसले पनि पूर्णकालीन कार्यकर्ता बनाएर पाल्नुपर्छ। यो विचार नै अप्रजातान्त्रिक हो। रेजिमेन्टेड(सैनिकीकृत) पार्टीका मात्र पूर्णकालीन कार्यकर्ता हुन्छन्। कम्युनिस्टहरू सैनिकीकृत संगठनको अभ्यास गरेका पार्टी हुन्।भारतमा भाजपाको मात्रृ संगठन स्वयंसेवक संघ पनि सैनिकीकृत संगठन हो।सैनिकीकृत संगठन प्रजातान्त्रिक हुँदैन।प्रजातान्त्रिक पार्टीले तलबी कार्यकर्ता बनाउँदैन।सैनिकीकृत पार्टीको तलबी कार्यकर्ता स्वतन्त्र हँुदैन,आत्माको आवाज दबाएर नेतृत्वको आदेश पालना गर्नु आफ्नो कर्तव्य ठान्छ। कार्यकर्ता पाल्न पार्टीले राज्यस्रोतको दोहन गर्छ।                                

आज नेकपामा गाउँदेखि सिंहदरबारसम्म खुमलटारदेखि बालुवाटारसम्म बिचौलिया हाबी हुनुको कारण पनि सैनिकीकृत संगठनको परिणाम हो। कांग्रेसका केही नेता÷कार्यकर्तामा पनि त्यसको प्रभाव परेको छ। त्यसैको दुष्परिणाम अहिले भोग्दैछौँ। कम्युनिस्टसँग तुलना गर्नु वा कम्युनिस्टको अनुशरण गर्न खोज्नु कांग्रेसका लागि घातक हो।कम्युनिस्टको मुख्य बल संगठन हो,चरित्र होइन। कांग्रेसको मुख्य बल चरित्र हो,संगठन सहायक मात्र हो। कम्युनिस्टले संगठनको बलमा चरित्रहीन नेतालाई पनि हाइ हाइ गराउँछन्।बालुवाटार काण्डका बिचौलिया महासचिव छन्,भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रधानमन्त्री छन्। तिनीहरूकै समर्थनमा कार्यकर्ताले जुलुस निकाल्छन् । पार्टी आफँैले महाभ्रष्टचारी भनी घोषणा गरेका उपाध्यक्ष छन्। अख्तियारलगायत छानबिन गर्ने राज्य संयन्त्रले ती व्यक्तिलाई छुन पनि सक्दैन। कांग्रेस पार्टीमा त्यस्ता आरोपित व्यक्तिहरू जतिसुकै शक्तिशाली भए पनि दण्डित हुन्छन्। अपवाद हुन सक्छ तर दोषी संरक्षण गर्ने चरित्र कांग्रेसको होइन।

बिपी कोइराला भन्नुहुन्थ्यो– मलाई सबैले चिन्छन् तर मलाई सबैले चिन्ने बनाउने नेपाली कांग्रेसका लाखौँ कार्यकर्ता हुन् जसलाई धेरैले चिन्दैनन्। तिनीहरूले मैले भन्दा धेरै दुःख पाएका छन्,धेरै त्याग गरेकाछन्।म मन्दिरको टल्किने गजुर जस्तो हुँ जो जगका नदेखिने असंख्य इँटाको सहारामा उभिएको छ।गजुरमा चमक हुन्छ।त्यो चमक ल्याउन सुनको जलप लगाइन्छ।बिपीले चरित्रको, विचारको, त्यागयुक्त संघर्षको जलप लगाउनुभएको थियो। त्यसैले मृत्युपश्चात पनि टल्कँदै हुनुहुन्छ। नेपाली कांग्रेसको सभापति, नेता हुन चाहने व्यक्ति पनि चरित्रमा शुद्ध, विचारको धनी र संघर्षबाट खारिएको व्यक्ति हुनुपर्छ।दागी चरित्रले नेतृत्व ग-यो, पद हत्यायो भने गजुर चम्किँदैन,त्यस्तोलाई खिया लागेको भनिन्छ। खिया लागेको गजुर फाल्नुपर्छ र नयाँ राख्नुपर्छ। स्वच्छ चरित्र भएको विचारशील नेतृत्वले मात्र कार्यकर्तामा उत्प्रेरणा ल्याउन सक्छ। अहिले नेपाली कांग्रेसको महाधिवेशन गर्ने चर्चा छ। कांग्रेसको महाधिवेशनमा अचेल निर्वाचनलाई नै प्राथमिकतामा राख्ने गरिएकोछ।सभापतिसहित केन्द्रीय कार्यसमितीको निर्वाचन हुने भएतापनि पार्टीलाई दिशा निर्देश गर्न मूल नेतृत्व सभापतिको विशेष जिम्मेवारी हुन्छ। सभापति छान्दा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले धेरै विचार पु¥याउनुपर्नेछ। नेपाली कांग्रेसका प्रतिनिधिलेसभापति को बनाउने भन्ने नसोची कस्तो व्यक्तिलाई सभापति बनाउने भन्ने सोच्नुपर्छ। नेपाली कांग्रेसको सभापतिमा न्यूनतम पनि निम्न क्षमता हुनुपर्छ ः

१)उच्च नैतिक चरित्र भएको तथा आर्थिक मामलामा कुनै कमजोरी नरहेको। आफ्नो आर्थिक व्यवहारमा पारदर्शिता कायम गर्ने।

२) नेपाली कांग्रेसको आदर्श सिद्धान्त राष्ट्रियता,प्रजातन्त्र र समाजवादको पर्याप्त सैद्धान्तिक ज्ञान भएको र वर्तमान विश्व सन्दर्भलाई ख्याल गर्दै व्यवहारमा लागु गर्ने कार्यकुशलता भएको।

३) राष्ट्रका प्रमुख समस्याको पहिचान र ती समस्या समाधानको विषयमा सुस्पष्ट दृष्टिकोण भएको।

४) नेपाली कांग्रेसको गौरवशाली इतिहासको संस्मरण गर्दै भविष्यको बाटो पहिल्याउने क्षमता राख्ने दूरदृष्टि भएको।

५) राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण तथा प्रतिष्ठा अभिवृद्धि गर्दै आर्थिक लाभ लिने वैदेशिक नीति परिचालन गर्ने ज्ञान र क्षमता भएको।

६) पार्टीका कार्यकर्ता र आमजनतासँग निरन्तर संवाद गर्ने। आलोचना सुन्न सक्ने र उचित सुझाव ग्रहण गर्न सक्ने।पार्टीको नेतृत्व तहका व्यक्तिहरूको सहयोग लिइ सम्पूर्ण कार्यकर्ताहरूसँग न्यायपूर्ण समभाव राख्ने।

७)देशका अन्य राजनीतिक शक्तिसँग सम्वाद गर्ने,वाञ्छित समन्वय कायम गर्न सक्ने।
साभार नागरिकन्यूज (पूर्वकेन्द्रीय सदस्य, नेका) रेवतीप्रसाद भुसाल प्रकाशित: ६ कार्तिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x