३१ भाद्र २०८३, बुधबार

श्रीराम मन्दिरमा १ कराेडकाे सुनका खराउ दिने भक्त, जो ८ हजार किमी हिडेर अयोध्या पुग्दैछन्

एसीपी संवाददाता

२२ पुष २०८०, आईतवार ११:४६ मा प्रकाशित

अयोध्या । अयोध्याको राम मन्दिर २२ जनवरीमा उद्घाटन हुँदैछ ।

यसअघि नै  त्यहाँ भक्तजनको भीड आउन थालेको छ । यी भक्तमध्ये एक हुन्, हैदराबादका ६४ वर्षीय छल्ला श्रीनिवास शास्त्री। छल्ला श्रीनिवास भगवान रामको लागि सुनको खराउ बोकेर पैदलै अयोध्या प्रस्थान गरेका छन् । करिब ८ हजार किलोमिटर पैदल यात्रा गरेर उनी अयोध्या पुग्नेछन् । उनले रामका लागि ल्याएको खराउको मूल्य करिब ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ) रहेको छ ।

शास्त्रीले भगवान रामको ‘वनवास निर्वासन’ चित्रण गर्दै पदयात्रा गर्दैछन्। उनले अयोध्या–रामेश्वरम रुट पछ्याइरहेका छन् । यसअघि उनले राम मन्दिरका लागि पाँच चाँदीको इँटा दान गरेका थिए । उनले २० जुलाइवाट पदयात्रा सुरु गरे र बाटोमा भगवान रामद्वारा स्थापित शिवलिङ्गमा पनि रोकिए ।

यात्राको क्रममा ओडिशाको पुरी, महाराष्ट्रको त्र्यम्बक र गुजरातको द्वारका जस्ता महत्वपूर्ण ठाउँहरू कभर गरेपछि शास्त्रीले आगामी १० दिनमा अयोध्या पुग्ने लक्ष्य राखेका छन्। यात्राको क्रममा उनले आफ्नो टाउकोमा पाँच धातुको खराउ बोकेका छन्, जुन उनी भगवान रामको मन्दिरसम्मको लागि बोकेर आउँदैछन्। यो खराउ पनि सुनले लेपिएको छ। अयोध्या पुगेर उनले यो खराउ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई हस्तान्तरण गर्ने योजना बनाएका छन् ।

छल्ला श्रीनिवास शास्त्रीले भने, ‘मेरो बुबाले अयोध्यामा कार सेवा मा भाग लिनुभएको थियो। उहाँ भगवान हनुमानका परम भक्त हुनुहुन्थ्यो। उहाँको चाहना थियो कि अयोध्यामा राम मन्दिर बनोस्। अब मेरो बुबा हुनुहुन्न। अब यो संसारमा छैन, तर मैले उनको इच्छा पूरा गर्ने निर्णय गरे।’

छल्ला श्रीनिवास शास्त्री केही कामका लागि बेलायत जानुपरेको थियो, जसका कारण उनले केही दिनको लागि आफ्नो यात्रा रोकिनुपर्‍यो तर भारत आएपछि उनले तमिलनाडुको त्यही ठाउँबाट यात्रा सुरु गरे जहाँ उनले छोडेका थिए । जनवरी ६ मा उनी अयोध्याबाट २७२ किलोमिटर टाढा उत्तर प्रदेशको चित्रकूट पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x