२१ बैशाख २०८३, सोमबार

संचारकर्मीको अनुरोधमा एक जना अति विपन्न तथा दुई जना मध्यम वर्गीय परिवारलाई जसपा नेपालका मुस्लिम केन्द्रिय सदस्य खान द्धारा खाद्यवस्तु उपलब्ध

एसीपी संवाददाता

६ असार २०७७, शनिबार ११:४० मा प्रकाशित

संचारकर्मीको अनुरोधमा शनिबार एक जना अति विपन्न तथा दुई जना मध्यम वर्गीय परिवारलाई जनता समाजवादी पार्टी नेपालका मुस्लिम केन्द्रिय सदस्य फिरोज खानले खाद्यवस्तु उपलब्ध गराइ दिएर सहयोग गरेका छ्न। लकडाउनको तीन महिना पुगिसकेको पसल बन्द थियो,भएको पैसा खाएर,परिवार बालबच्चा पालेर सकिएको छ।अब बजार नियमानुसार खुलेको छ तर व्यापार छैन। हाम्रो अवस्था दयनीय भैसकेको छ। राज्यबाट एकपटक मात्र राहतको रूपमा खाद्यवस्तुहरु पाएको भन्दै नाम नखुलाउन अनुरोध गर्दै आफ्नो पीडाहरु संचारकर्मी सामु राख्दै भनेका छ्न। दिनहुुँ ज्यालादारी गरेर घरखर्च चलाउने आर्को एकजनाको अनुसार अहिले काम खोज्न जादा काम पाइदैन,काममा राख्न समेत डर मन्ने अवस्था छ।राज्यले उपलब्ध गराएको स्थानीय वडा कार्यलय बाट १५ किलो चामल लगायत अन्य खाद्यवस्तुले कति दिन पुग्छ र आज तीन महिना जति पुगिसकेको छ।हामी जस्ता अन्यलाई पनि भोकभोकै बस्ने अवस्था आएको छ।अहिले कसैले न सोध्ने गरेको छ न त राहत नै दिइरहेको छ ।

हामी कसरी बाच्ने,के गरि खाने,बालबच्चा कसरी पाल्ने हामी कामदारका लागि अप्ठ्यारो स्थिति आएको भन्दै पीडा पोखेका छ्न। उहाँहरूको यस पीडालाई बुझी कर्मीले जनता समाजवादी पार्टी नेपालका फिरोज खानलाई अनुरोध गरेका थिए, अनुरोधलाई स्वीकार गरि तीनैजनालाई जनता समाजवादी पार्टी नेपालका मुस्लिम केन्द्रिय सदस्य फिरोज खानले चामल,दाल नुन र तेल लगायतका पन्द्र्ह दिनलाई पुग्ने उक्त खाद्यवस्तु दिएर सहयोग गरेका छ्न। गरिएको अनुरोधलाई खानले स्वीकार गरि तीनैजनालाई सहयोग गरेकोमा सञ्चारकर्मीले खान लगायत उहाँको पार्टीलाई समेत धन्यवाद दिएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x