५ असार २०८३, शुक्रबार

बिल गेट्सलगायत विश्वकै धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक

एसीपी संवाददाता

१ श्रावण २०७७, बिहीबार ०४:३८ मा प्रकाशित

एजेन्सी / बिश्वका सबै भन्दा धनी ब्यक्तिको नाममा ह्याकरहरुले ह्याक गरेका छन् । बिल गेट्सलगायत विश्वकै धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक भएको छ । अरबपति व्यापारी बिल गेट्स, एलन् मस्क, जेफ बेजोसलगायतको ट्वीटर अकाउन्ट बिटक्वाइनको नामबाट ह्याक भएको छ ।

ह्याक गरिएका अकाउन्टहरुमा रकम माग गर्दै, त्यसको दोब्बर पैसा फिर्ता दिने उल्लेख छ ।

अब त्यो समय आइसकेको छ । मलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर दिन्छु ।’

टेस्लाका प्रमुख एलन मस्कको अकाउन्ट पनि पोष्ट गरिएको ट्वीटमा आगामी एक घण्टासम्म बिटक्वाइनमा पठाइएको पैसा दोब्बर फिर्ता दिइने उल्लेख छ । बिटक्वाइनको ठेगानाको लिंकसँगै गरिएको ट्वीटमा लेखिएको छ, ‘म कोरोना महामारीका कारण दान गर्दैछु ।

यसअघि पनि अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा, डेमोक्रेटिक पार्टीका राष्ट्रिपति उम्मेदवार जो बाइडेन, विश्वका ठूला कम्पनीहरु उबर र एप्पलको अकाउन्ट पनि ह्याक गरिएको थियो ।

ट्वीटरले यस घटनाको जाँच गरिरहेको र छिट्टै विस्तृत रुपमा जानकारी दिने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x