जनमत पार्टी द्धारा नागरिकता विधेयकको विरोधमा बाँकेमा प्रदर्शन

नन्दलाल साहू नेपालगन्ज
बुधबार जनमत पार्टी नेपालले नागरिकता विधेयक खारेज गर माँग गर्दे विरोध प्रदर्शन गरेको छ । कार्यकर्ताहरु सहित नागरिकता विधेयक खारेज गर माँग गर्दै हिरमिनियाको महन्तपुर्वा देखि पार्टीको कार्यलयसम्म बाइक र्याली प्रदर्शन गरेको हो ।

पार्टी कार्यलय पुगेका कार्यकर्ताले पार्टी कार्यलय देखि पुनः पैदल रैली निकाली नेपालगन्जको त्रिवेणीमोड सम्मको प्रदर्शन गरेका हुन ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सरकार द्वारा ल्याइएको नागरिकता संशोधनको विरुद्धमा पार्टीले आफ्नो कार्यकर्ता सहित बुधबार नेपालगन्जमा प्रदर्शन गरेको पार्टीका केन्द्रिय सदस्य मो. इरफान शेषले बताए ।

राज्य व्यवस्था समितिले बहुमतको आधारमा पास गरेको वैवाहिक अंगिकृत नागरिकता विद्येयक खारेजीको माँग गर्दै पार्टीको ५० बढी कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन । सहभागी कार्यकर्ताले मुखमा सिटी बजाउदै बिरोध गरेका हुन ।


