आगामी मौद्रिक नीति मार्फत राहत प्याकेज दिनुपर्ने संघले माँग राख्दै बिहिबार नेपालगंजमा र्याली

मौद्रिक नीतिमार्फत राहत प्याकेजको माग गर्दै बिहिवार नेपालगन्ज उद्योग वाणिज्य संघको दवावमुलक र्यालीको आयोजना गरेको छ । कोभिड १९ कोरोना महामारीका कारण नीजिक्षेत्र प्रभावित भएको भन्दै आगामी मौद्रिक नीति मार्फत राहत प्याकेज दिनुपर्ने संघले माँग राख्दै बिहिबार नेपालगंजमा र्याली प्रदर्शन गरेको छ । संघले माँगको विषयमा ध्यानर्कषण गराउन नेपाल राष्ट्र बैंक, नेपालगन्ज मार्पmत केन्द्रिय कार्यालयलाई ज्ञापनपत्र बुझाउँने जनाएको छ ।

बिहिबार बिहान संघको कार्यालय त्रिभुवन चोकबाट शुरु भएको बिरेन्द्र चोक पुगेर मौद्रिक निति मार्पmत बैंकको किस्ता, ब्याज, लगायत सहुलियत तथा छुटका लागि दबाव दिन नेपाल राष्ट्र बैंक, नेपालगन्ज मार्पmत केन्द्रिय कार्यालयको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको छ ।

अहिले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सम्पूर्ण उद्योग कलकारखाना ब्यापार, ब्यावसाय,होटेल ब्यावसाय सहित सबै अस्त व्यस्त बनेको छ । लामो समय देखिको लकडाउनका कारण पसल, व्यवसायमा ताला झुन्डीएको अवस्था रहेको हो भने अहिले पनि लकडाउन केहि खुकुलो भए पनि पहिलेको अवस्थामा व्यापार, व्यवसाय सञ्चालन हुन सकेको छैन् । अर्को तर्फ बैंकको ब्याज र सरकारलाई बुझाउनु पर्ने कर का कारण उद्योगी, व्यवसायीहरु कष्टकर अवस्थामा आई पुगेका छन् ।



