१७ कार्तिक २०८१, शनिबार

कोरोना भाइरसका कारण चीनमा एकै दिन १०८ को मृत्यु

एसीपी संवाददाता

२८ माघ २०७६, मंगलवार ०२:५८ मा प्रकाशित

माघ २८ एजेन्सी ।
बेइजिङ — नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।
चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृतकको संख्या बढेको हो। आइतबार मात्रै ९७ जनाको मृत्यु भएको थियो। सोमबार मृत्यु हुनेमध्ये १०३ जना हुबेई प्रान्तका थिए।कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन्। यो संख्या आइतबारको तुलनामा भने धेरै कम हो।
आइतबार ३ हजार ६२ जना नयाँ संक्रमित भएका थिए । योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको छ । सभार इ कान्तिपुर,तस्बिर सहित

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x