मधेशका भुभागलाई सरकारले टुक्रा टुक्रा बनाई मधेशीलाई तल पारेको भन्दै नेपालगंजमा बिरोध सभा

अख्तियारको डरले मधेशी भ्रष्टाचारी नेताहरु दुलोमा पसेका छन ?
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रले बारम्वार सत्तामा गएर आफ्नो स्वार्थ मात्र पुरा ?
राजपाले मधेशी जनताको भावना विपरीत लुकाएर सरकारसँग सम्झौता ?

फागुन २ गते नेपालगंज बाँके । मधेशका भुभागलाई पहिलानै सरकारले टुक्रा टुक्रा बनाई मधेशी समुदायलाई तल पारेको भन्दै नेपालगंजमा बिरोध सभा हुने भएको छ । यसका बावजुद अझै पाँच नम्बर प्रदे्शबाट कटाई कर्णालीमा जाने कुरा आई रहेको बेलामा अहिले नेपालगंजमा बिभिन्न कार्यक्रम गर्दै बिभिन्न पार्टीहरु माँग बारेमा प्रष्ट मधेशको धारणा राख्नका लागि जनमत पार्टी बाँकेको आयोजनामा हुन लागेको बिरोध सभालाई जनमत पार्टीृका केन्द्रिय अध्यक्ष डा.सिके राउतले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य तथा जिल्ला संयोजक मो.इैरफान शेखले एसीपी न्यूज लाई जानकारी दिएका छन । यस अघि सिके राउतले बिभिन्न जिल्लाहरुमा भ्रष्टाचारका मुद्धा अहिले कुनै पनि विकासीय कार्यका लागि कमिशन बिना काम नहुने भन्दै राजनीतिको खोल ओढेर मधेशलाई जर्जर अवस्था पु¥याउने मधेशी नेताहरुको बास्तविक रुप जनता माँझ नाङ्गिसकेकोले जनताको सबै आकांक्षा र विश्वास जनमत पार्टीले पुरा गर्ने उनको भनाई छ अख्तियारको डरले मधेशी भ्रष्टाचारी नेताहरु दुलोमा पसेका छन । अध्यक्ष डा सीके राउतले मधेश आन्दोलनको नाममा ५४ जनालाई सहिद बनाएर मधेशी नेताहरुले सत्तारोहण मात्रै गरेको आरोप लगाए । मधेशी दलका नेताको उद्देश्य जसरी पनि सत्तामै पुग्ने रहेको आमसभालाई सम्बोधन गर्दै राउतले मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, बिदेश मन्त्री समेत मधेशी नै रहेको बेला मधेशको समस्या समाधान यसै कारण नभएको बताउदै आएका छन । सत्तामा रमाउने नेताहरु रहेसम्म माग पूरा हुन सक्दैन त्यसका बिरुद्ध हामी लागेका छौ । समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको जन्म भएको उनको दाबी छ । उनले कुनै पनि विकासीय कार्य गर्न व्यक्तिगत रुपले नभएर राजनीतिक ढंगले मात्र सम्भव हुने भएकोले राजनीतिमा आफू होमिएको । राजपाले मधेशी जनताको भावना विपरीत लुकाएर सरकारसँग सम्झौता गरि आफ्ना नेताहरुलाई राष्ट्रिसभामा पु¥याएको आरोप लगाउँदै उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारम्वार सत्तामा गएर आफ्नो स्वार्थ मात्र पुरा गरेको आरोप लगाउदै आएका अध्यक्ष डा. सिके राउतले बिभिन्न जिल्लामा बताउदै आएका मधेशी नेताहरुको भ्रष्टाचार बारेमा आफनो धारणा राख्ने साथै मधेशी जनतालाई मधेशी दलहरुले कसरी ठग्दै आएको बारेमा प्रष्ट पार्ने जिल्ला संयोजकले ईरफानले बताएका छन ।
