११ असार २०८३, बिहीबार

बाँकेमा कोरोना संक्रमणबाट मुक्त भएर मंगलवार तीनजना डिस्चार्ज

एसीपी संवाददाता

२० श्रावण २०७७, मंगलवार ११:३० मा प्रकाशित

बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त भएर मंगलवार तीनजना डिस्चार्ज भएका छन् ।
संक्रमितहरु खजुरा गाउँपालिका २ का पुरुष हुन् । नेपालगन्ज आर्दशनगर र सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट उनीहरु डिस्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार, मंगलवार डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरसबाट मुक्त भएर घर फर्किनेको संख्या ३ सय ९१ पुगेको छ । बाँकेमा कूल संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । ती मध्ये अहिले ६२ जना आइसोलेसनमा छन् । अन्य जिल्लाका १० जना गरी बाँकेका आइसोलेसनमा ७२ जना रहेको उहाँले जानकारी दिनुभयो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x