साउदीमा एकैदिन ५ हजारको हाराहारीमा भेटिए कोरोना संक्रमित राजधानी रियादमा मात्रै २ हजार भन्दा बढी कोरोना संक्रमित

अरशद शेष राई – साउदी / अरेबिया साउदी अरेबियाले जति सक्दो प्रयास गर्दा पनि हालको दिनहरुमा नोबेल कोरोना भाइरसले साउदी अरेबियाको पिछा छोडिने देखिन्दैन । साउदी अरेबियामा दिनदिनै रिकार्ड कोरोना भाइरसको संक्रमितहरु भेटिदै आएपनि साउदी अरेबियाले जति सक्दो रोक्ने प्रयास गरेपनि कोरोना भाइरसको संक्रमितमा दिनदिनै वृद्धि हुँदै गएको देखिन्छ । बुधबार एकै दिन साउदी अरेबियाको राजधानी रियादमा २ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएपछि साउदी अरेबियामा एकैदिन ५ हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित भेटिएका हुन । जुन साउदी अरेबियामा एकैदिन भेटिएका संक्रमित अहिले सम्मको रिकार्ड हो । साउदी अरेबियाको राजधानी रियादमा २ हजार ३ सय ७१ जना संक्रमित भेटिएपछि शिर्षमा रहेको छ भने मक्का २ सय ८२, जद्दा २ सय ७९, हाफुफ २ सय ७३, मदिना १ सय ५६, ताइफ १ सय ४०, दम्माम १ सय ३७, धहरन १ सय २३, खोबर १ सय १४ र खामिस मुशित १ सय जना जस्तै गरि बुधबार एकैदिन ४ हजार ९ सय १९ जना कोरोना संक्रमित भेटिएका हुन । साउदी सरकारले कोरोना भाइरसलाई कम गर्न हरसम्भव प्रयास गर्दापनि दिन दिनै जति कोरोना संक्रमित निको हुन्छन् त्यो भन्दा बढी दिनदिनै नयाँ संक्रमित थपिदै जान्छन् बुधबार मात्रै संक्रमित रहेका मध्ये २ हजार १ सय २२ जना उपचारपछि रिकभर भैइ निको भएका छन । साउदी अरेबियामा जब देखि लकडाउन खुकुलो बनाएको छ तब देखि कोरोना संक्रमितको संख्या दिनदिनै हवातै बढेको छ जबकि मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ । बुधबार पनि कोरोनाले ३९ जनाको ज्यान लिएको छ । कोभिड -१९ ले साउदी अरेबियामा हाल सम्म १ लाख ४१ हजार २ सय ३४ जना कोरोना संक्रमित रहेका छन भने जस मध्ये ९१ हजार ६ सय ६२ जना उपचारपछि रिकभर भैइ घर फर्किएका छन जबकि अहिले सम्म कोरोनाले साउदीमा १ हजार ९१ जनाको ज्यान गएको छ ।



