१९ श्रावण २०८३, मंगलवार

नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण

एसीपी संवाददाता

६ असार २०७७, शनिबार १३:१२ मा प्रकाशित

नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ । हालसम्म पिसिआर बिधिबाट १,६९,१६२ परिक्षण र आरडिटी बिधिबाट २ लाख ५२ हजार ३ सय परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x