२१ बैशाख २०८३, सोमबार
पश्चिम नवलपरासीका एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि

संजय कुशवाहा / नवलपरासी ४ जेठ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ८ का ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिंङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नवलपरासी पश्चिममा एक संक्रमित थपिएको जानकारी दिएका हुन् । उनी केहिदिन अघि भारतबाट आएका थिए । यसैबिच नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । यस्तै आजै नवलपरासी पुर्वमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नवलपरासी पश्चिमको तुलनामा पुर्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
Subscribe
Login
0 Comments



