७ कार्तिक २०८१, बुधबार

नेपालगन्जमा जारी युनाइटेड ग्रुप वडास्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वडा ५ र ८ को प्रवेश

एसीपी संवाददाता

१९ माघ २०७६, आईतवार १४:०७ मा प्रकाशित

नेपालगन्ज माघ १९ गते । नेपालगन्जका वडा नम्बर ५ र वडा नम्बर ८ नेपालगन्जमा जारी युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन ।
आइतबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा ५ नम्बर वडाले १ नम्बर वडालाई ८ रनले पराजित गरेको छ । अर्को खेलमा ८ नम्बर वडाले १५ नम्बर वडालाई ४८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ ब्याटिङ गरेको ५ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय २५ रन बनाएको थियो । टोलीका लागि वाजिव शेखले २९ रन, सदाब अन्सारीले पनि २९ रन र सुबेन्दु पाण्डेले १८ रन बनाए ।
१ नम्बरका सिद्धान्त राज शाही र रकिन राणाले समान १ विकेट लिए । जवाफमा १ नम्बर वडाले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय १७ रन मात्र बनाउन सक्यो । टोलीका लागि सिद्धान्त राज शाहीले २९ रन, प्रज्वल शाहीले २५ रन, रोहन केसीले २५ रन बनाएका थिए । ५ नम्बर वडाका लागि मोहम्मद मेराज अन्सारीले सर्वाधिक ३ विकेट र सैजादे खानले २ विकेट लिए ।
खेलमा मोहम्मद मेराज अन्सारीले म्यान अफ द म्याच, म्याजिकल मुभमेन्टको पुरस्कार जिते । यसैगरी अर्को खेलमा टस हारेर ब्याटिङ गरेको ८ नम्बर वडाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५२ रन बनाएको थियो । टोलीका लागि कैफ खानले ३३ रन, फर्दिन खानले २३ रन, अनुपम सिहले २२ रन र नासिर अन्सारीले २१ रन बनाएका थिए। १५ नम्बरका शंकर कुमार मिश्रा र अहद राजा राईले समान ३ विकेट लिए । जवाफमा १५ नम्बर वडाले २० ओभरमा अलआउट हुँदा १ सय ४ रन बनाएको थियो ।
टोलीका लागि रमेश सिहले ५४ रनको योगदान गरे । अमरिक सिह शिखले १२ रन बनाए । ८ नम्बर वडाका अफाख शेख, अफताब अन्सारी, समसुद्धिन अन्सारीले समान २ विकेट लिए । नासिर अन्सारीले १ विकेट लिए । खेलमा नासिरले म्यान अफ द म्याच, अफताव अन्सारीले म्याजिकल मुभमेन्ट पुरस्कार जित्न सफल भए । आइतबार उत्कृष्ट भएका खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजाल, ८ नम्बर वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य, ७ नम्बर वडा अध्यक्ष जुमँन खाँ, बेन्ली बाइकका लागि नेपालगन्जको आधिकारिक बिक्रेता एसके मोर्टसका शौरभ कर्मचार्यले पुरस्कार दिएका थिए ।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा २२ नम्बर वडा र ८ नम्बर वडाले प्रतिस्पर्धा गर्नेछन । अर्को सेमिफाइनलमा ५ नम्बर वडा र १३ नम्बर वडाले खेल्नेछन । फाइनल खेल शनिबार हुने प्रतियोगिता संयोजक तरुण बज्राचार्यले बताए ।
युनाइटेड मोटर्सले मुख्य प्रायोजन गरेको प्रतियोगितालाई साइन रेसुगाँ बैंक, एक्सपर्ट एजुकेशन, बेन्ली बाइक लगायतका संस्था प्रायोजन गरेका छन । ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x