१ श्रावण २०८३, शुक्रबार

निर्मला सुवेदीको ‘दिदीभाइ’ तीज गीतहरुको लहर शुरु (भिडियो)

एसीपी संवाददाता

२६ असार २०७७, शुक्रबार १३:०२ मा प्रकाशित

बुटवल ।
कोरोना कहरका बीच नेपाली नारीहरुको महान चाड हरितालीका तीज नजिकिँदै गर्दा तीज गीतहरुको लहर शुरु भएको छ ।
कोरोना कहरका बीच पनि तीज गीतहरु धमाधम बजारमा आउने क्रम जारी छन् । यहि बेला राधिका हमाल र राजेन्द्र कँडेलको आवाजमा सजिएको तीज गीत ‘दिदीभाइ’ बजारमा आएको छ ।

निर्मला सुवेदीको शब्द र राजेश बर्देवाको संगीत रहेको ‘दिदीभाइ’ बोलको तीज गीत राजेश बर्देवाको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा ल्याइएको हो । भिडियोमा ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन् ।

लामो समयपछि परदेशबाट स्वदेश फर्केका भाई क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यताले तीजमा आफ्ना दिदीबहिनी बोलाउन जान नपाएको र उता माइतीबाट कोही बोलाउन आउलान् कि भनेर माइतीको बाटो हेरेर बसेकी चेलिको व्यथालाई यो गीतमा समेटिएको छ ।

बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माले सम्पादन गरेको गीतमा माइत आउन नपाएपनि भाईको क्वारेन्टाइन बसाईलाई थप उर्जा र हौसला प्रदान गर्ने काम चेलीले गर्छिन भने भाईले पनि दिदीलाई मन दुःखी नबनाउन अनुरोध गर्दछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x