सहकर्ताहरुका लागि ३ दिने तालिम शुरु

फाल्गुन १, नेपालगन्ज
रेडियो श्रोता समुहका सहजकर्ताहरुको क्षमता अभिवृद्धिका लागि ३ दिने तालिम आज बिहीबारदेखि बाँकेको नेपालगञ्जमा शुरु भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत अमेरिकी सहयोग नियोग (यूएसएआईडि) र एफ एच आई ३६० सहयोगमा इक्वेल एक्सेस इन्टरनेशनलको आयोजनामा तालिम शुरु भएको हो । तालिममा मध्य तथा सुदूरपश्चिमका १४ जिल्ला २२ जना महिला र ९ जना पुरुष गरी ३१ जना रेडियो श्रोता समुहका सहजकर्ता तथा सदस्यहरुको सहभागिता रहेको छ ।
तालिममा रेडियो श्रोता समुहलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयलाई बढी प्राथमिकता दिईएको छ । यसका साथै रेडियो श्रोता समुहका सहजकर्ताको भुमिका कस्तो रहेको छ र अझै थप कस्तो हुनुपर्ने भन्ने बिषयमा पनि जानकारी गराईएको छ। यसैबिच रेडियो श्रोता समहले बिगत ६ महिना देखिकाम गरिरहँदा भएको उपलब्धि, समस्या र समाधान गर्नुपर्दा आएको चुनौतिहरुको पालैपालो प्रस्तुत रहेको थियो । जस अन्तर्गत समुदायमा राम्रो काम गर्न खोज्दा आफ्नो स्वार्थको लागि काम गर्न लागेको आरोप समेत लगाईएको थियो त्यस्तो आरोप लगाउदा पनि आफुहरु पछि नहटेर काम गरेको सबै समुहले प्रस्तुति दिएका थिए। काम गर्ने क्रममा कतिपय स्थानिय तहहरुले आर्थिक सहयोग गरेका थिए भने कतिपय रेडियो श्रोता समुहले आफ्नो लागि खाजाको लागि छुट्याएको रकमबाट खाजा नखाएर काम गरेको बताईएको थियो।
रेडियो श्रोता समुहले रेडियो कार्यक्रम साझाबोली सुनेर कार्यक्रममा उठाएको बिषयमा छलफल गर्दै आईरहेका छ्न् छ्न्।
तालिमको सहजीकरण इक्वेल एक्सेसका मिडिया म्यानेजर रजनी हुमागाईँ, सिनियर मिडिया अफिसर कमला पोख्रेल,
सिनियर आउटरिच अफिसर आशिष वर्मा र अाउटरिच एसाेसिएट भिम बहादुर सार्की रहनु भएको छ ।

