१२ असार २०८३, शुक्रबार

नवलपरासीमा प्रहरीद्वारा अबैध मालसामान नियन्त्रण

एसीपी संवाददाता

१२ श्रावण २०७७, सोमबार १२:०९ मा प्रकाशित

संजय कुशवाहा / नवलपरासी साउन १२ पश्चिम नवलपरासीको बिभिन्न ठाउँबाट ९२ हजार मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार दिउँसो पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सिपुरमा नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको ७० हजार मुल्य बराबरको १४ बोरा मटर (केराउ) र सोही समयमा भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको १२ हजार मुल्य बराबरको १२ पिस लेडिज कुर्ता सुरूवाल प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो । यसैगरी प्रतापपुर गाउँपालिका वडा नं. ५ भैरवपुरमा नेपालबाट भारकतर्फ लग्दै गरेको १० हजार मुल्य बराबरको ४ बोरा मटर (केराउ) सीमा प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको छ । उक्त नियन्त्रण गरिएको मालसामान साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि सामान फाली भागेका थिए । उक्त केराऊ र कपडा आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x