जनमत पार्टीले आफ्नो जिल्ला इकाई तदर्थ कमिटी गठन

जनमत पार्टी बाँकेले आफ्नो जिल्ला इकाईको तदर्थ कमिटी गठन गरेको छ । शुक्रबार भएको भेलाबाट तदर्थ कमिटी गठन गरिएको छ, । जिल्ला अध्यक्ष रियाज अहमद शेष, उपाध्यक्षमा दिपक पासी, कोषाध्यक्षमा सोफिया खान, सचिवमा राजितराम बर्मा, सदस्यद्वय, हरपाल सिंह, नाजमा बागवान, कासिम शाह, मोहम्मद हुशेन शाह, जाबिर हल्वाई, प्रदिप गडाडिया, रियाज अंसारी, अब्दुल वाहिद शेष, अल्ताफ राई, नौसाद अंसारी, कलामुद्दीन शेष, बङ्गे चमार, विष्णु खटिक लगायत १७ सदस्यीय समिति गठन गरिएको छ । आगामी दिनमा अन्दोलन, संगठन बिस्तार लगायत सम्पूर्ण विषय बस्तुमा केन्द्रीकृत रही बैठक बसेको जनमत पार्टीका नेता अब्दुल वाहिद शेषले बताएका छन ।

जनमत पार्टी बाँकेको बैठकमा केन्द्रिय सदस्य मो.ईरफान शेषले एसिपी न्यूजलाई जानकारी दिएक हुन् । अब अन्दोलनको कार्यक्रम अझ शसक्त मजबुत बनाउदै लैजाने निर्णय समेत भएको जानकारी नेता हरपाल सिंहले गराएका छन । चयन भएका सम्पूर्ण जिल्ला टीमलाई हार्दिक बधाइ एंव सफल कार्यकालको कामना गर्दछु ।



