५ असार २०८३, शुक्रबार

जनमत द्वारा नागरिकता विधेयक विरुद्धको प्रदर्शन एंव बिरोध कोणसभा

एसीपी संवाददाता

२ श्रावण २०७७, शुक्रबार ०७:०१ मा प्रकाशित

जनमत पार्टी बाँकेद्वारा आज शुक्रबार साँझ ५ः ३० बजे वडा नम्बर २१ पुरैनाको नहरपुर्वा चौकमा नागरिकता विधेयक विरुद्धको प्रदर्शन एंव बिरोध कोणसभा गर्ने भएको छ ।

बिहिबार जनमत पार्टीका कार्यकर्ता गाँउपालिका केन्द्रित रहदै नागरिकता विधेयक विरुद्धको प्रदर्शन एंव बिरोध कोणसभा गर्दै आएको छ । जनमत पार्टी बाँकेको डुडुवामा पनि विभेदकारी नागरिकता विधेयक विरोध कार्यक्रम गरिएको थियो । कार्यक्रममा जनमत पार्टी बाँकेका नेता मोहम्मद हुशेन शाह, गाऊपालिका अध्यक्ष शेष अब्दुल वाहिद शेष, जिल्ला सदस्य रियाज अंसारी, अक्षय सोनकर, राजू अंसारी लगायत दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको केन्द्रिय सदस्य मोहम्मद ईरफन शेखले जनाएका छन् ।

केन्द्रिय सदस्य शेषले अब हाम्रो विरोधको कार्यक्रम झन ब्यापकरूपमा लैजाने तयारी भईरहेको बताए । नागरिकता विधेयक विरुद्धको प्रदर्शन एंव बिरोध कोणसभा कार्यक्रम अहिले गाउँ मुखि छ अब हामी नेपालगंज उपमहानगर पालिका भित्र तिब्र पार्ने बताएका छन् ।

नेपाल सरकारले नागरिकता विधेयक मन्त्री परिषदबाट पास गर्दै भारतबाट बिहे गरेकोमा ७ बर्ष पछि मात्र महिलाको अंगीकृत नागरिकता पाउने लगाएतको ब्यवस्था रहने नागरिकता बिधेयक संशोधन गरेको छ । यसको बिरोध बिभिन्न मधेश केन्द्रितदलहरु बिरोध जनाउदै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x