जेसीजको राष्ट्रिय पदाधिकारीलाई शाखामा स्वागत तथा भेटघाट

नेपालगन्ज जेसीजको सचिवालयमा अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा निरुपित रास्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल तथा निरुपित रास्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि शोभा खरेल दोय राष्ट्रिय पदाधिकारी ज्युहरुलाई शाखामा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरियो। औपचारिक रूपमा भएको शाखा भ्रमणमा स्वागत तथा सम्मान साथै उत्साहपुर्ण अन्तरक्रीया भएको कार्यक्रमको प्रमुख अतिथिमा शोभा खरेल,बिशिस्ट अतिथि रमा प्याकुरेल रहनु भयेेेेको थियो।जुनियर जेसिजका पुर्ब अध्यक्ष मधु स्वार ले जेसिजको ढुकढुकि आस्था पाठ वाचन गर्नुभएको थियो।

नेपालगन्ज जेसिजका कार्यकारिणी उपाध्यक्ष चिरञ्जीवी शर्माले स्वागत मन्तव्य दिनुभयेको थियो भने उपाध्यक्ष आशिष् आनंदले अहिलेसम्म भयेको ३२ वटा कार्यक्रम बारे जानकारी दिनु भयेको थियो। नेपालगन्ज जेसिजका पुर्ब अध्यक्ष मिना श्रेष्ठ ज्युले सुभकामना मन्तव्य दिनुभएको थियो। जुनियर जेसिजका अध्यक्ष बिमला श्रेष्ठले यो बर्ष रास्ट्रिय पदाधिकारी लाई धेरै पटक भेट्ने अवसर सिर्जनागर्नु भयेकोले नेपालगन्ज जेसिजका अध्यक्षलाई धन्यवाद व्यक्त गर्नु भयेको थियो।

नेपालगन्ज जेसिज तथा जुनियर जेसिजका पदाधिकारीहरुको सकृय सहभागिता भएको कार्यक्रममा उत्साहपुर्ण अन्तरकृया भयेको थियोे।

बिशिस्ट अतिथि रमा प्याकुरेलज्युले नेपालगन्ज जेसिजले गरेका कार्यक्रमको प्रसंशा गर्नु भएको थियो, अध्यक्षज्युको लगनशीलता देखेर प्रभावित हुनुभयेको जानकारी दिनुभयो भने प्रमुख अतिथि शोभा खरेलज्यु ले नेपालगन्ज जेसिजका अध्यक्षज्युले गरेको कामले उहालाई डाइनामिक अध्यक्ष भनेर सम्बोधन गर्नुभयेको थियो, साथै सम्पुर्ण बोर्ड सदस्य ज्यु हरुलाइ नेपालगन्ज जेसिजको प्रतिस्ठा नेपाल जेसिजमा अझ उचाईमा राख्नु भयेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रम महासचिव माधव प्रशाद बेलबासे ज्युले सन्चालन गर्नु भएको थियोे। नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले निरुपित रास्ट्रिय पदाधिकारीहरुलाइ शाखामा आइ हौसला प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै खादा ओढायर सम्मान र मायाको चिनो प्रदान गर्नु भएको थियो।




