१३ जेष्ठ २०८३, बुधबार

कैलालीमा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप

एसीपी संवाददाता

२२ असार २०७७, सोमबार १५:०२ मा प्रकाशित

फाइल / तस्बिर

धनगढी: सत्तारूढ नेपाल कम्युनिष्ट पाटी(नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच झडप भएको छ। सोमबार साझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो। सोही क्रममा दुवै पक्षबिच भएको विवाद हात हालाहाल सम्म पुगेको थियो। स्थानीयका अनुसार ओली पक्षले, ‘हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको थियो। सचेत नागरीक समाजको तर्फबाट ओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै गरेको भाषण गरेका थिए। लगत्तै बोल्न माईक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए। त्यसपछि प्रचण्ड निकटका केही युवाहरु खड्कामाथि खनीएका थिए। झडप सुरुभएपछि प्रहरीको टोलीले उक्त झडप साम्य पारेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x