थरुहट/थारुवान राष्ट्रिय मोर्चाले धनगढीमा विरोध प्रदर्शन,केहि समय सडक अवरुद्ध

जनमत पार्टीका अध्यक्ष डा. सिके रावत, सु.प. प्रदेश मा. सान्सद कृष्ण कुमार चौधरी, धनगढी उप महानगरपालिका कि उपमेयर शुशिला मिश्र भट्टबाट आन्दोलनप्रती ऐक्यबद्धता

फागुन ५ गते । ११ जना जेलबन्दीको रिहाइको माग राख्दै धनगढीमा प्रदर्शन, मुख्य सडक अवरुद्ध आन्दोलनमा रहेको थरुहट/थारुवान राष्ट्रिय मोर्चाले धनगढीमा विरोध प्रदर्शन गरेको छ। मोर्चाले धनगढीको क्याम्पस चोकदेखि एलएन चोकसम्म र्यालीको आयोजना गरि विरोध जनाएको हो। र्याली पश्चात उनीहरुले एलएन चोकमा विरोध सभाको आयोजना गरेका थिए। विरोध सभाका कारण केहि समय सडक अवरुद्ध भएको थियो। थरुहट थारुवान राष्ट्रिय मोर्चाको आह्वानमा भैरहेको मोर्चाका संयोजक लक्ष्मण थारुको आमरण अनसन आज ५ औं दिन जारी रहेको छ ।
मागमुद्दा पूरा गराउनको लागि धनगढिमा नाराबजी सहित विशाल जनप्रदर्शन । आमरण अनसनमा जनमत पार्टीका अध्यक्ष डा. सिके रावत, सु.प. प्रदेश मा. सान्सद कृष्ण कुमार चौधरी, धनगढी उप महानगरपालिका कि उपमेयर शुशिला मिश्र भट्टबाट आन्दोलनप्रती ऐक्यबद्धता गरेको छ । टीकापुर घटनामा आरोप लगाइएका २६ जना थरुहट आन्दोलनकारीहरूलाई पुर्पक्षको नाममा करिब तीन वर्ष जेलमा राख्नु र टीकापुर घटना छानबिनको लागि पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठित उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन नै सार्वजनिक नगरी थरुहट आन्दोलनकारीहरू लक्ष्मण थारू लगायत १२ जनालाई डाँका चोरी आरोप लगाएर ३ वर्ष जेल भुक्तान गरि रिहा गर्नु र माननीय रेशम चौधरी लगायत ११ जना थरुहट आन्दोलनकारीहरूलाई जन्मकैद फैसलाको विरोधमा प्रदर्शन गरेको छ । समाचार समाजिक संजालबाट



