३१ जेष्ठ २०८१, बिहीबार

लक्ष्मण थारुको जीवन रक्षाको माग गर्दे राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र

एसीपी संवाददाता

७ फाल्गुन २०७६, बुधबार ०९:३८ मा प्रकाशित

फागुन ७ गते । आमरण अनसन बसेका भएका पहिचानवादी थारु नेता लक्ष्मण थारुको जीवन रक्षाको माग गर्दे राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको छ । धनगढीमा गत फागुन १ गतेदेखि आमरण अनसन बस्नु भएका थारुको स्वास्थ्य अवस्था झन झन कमजोर हुदै गएको अवस्थामा उहाँको जीवन रक्षाको माग गर्दै सो ज्ञापन पत्र बुझाएको हो । पहिचानको आधारमा थारुहट थारुवान प्रदेश सहित १० प्लस १ प्रदेश निर्माण गर्नुपर्ने, सांसद रेशम चौधरी लगायतलाई रिहा गर्नुपर्ने, पूर्ण समानुपातिक समावेशीता लागू गर्नुपर्ने लागयत १० बुँदे माग गरि थारुहरु आन्दोलना उत्रेका हुन् ।
यसैवीच थरुहट थारुवान राष्ट्रिय मोर्चाको धनगढीमा भैरहेको आमरण अनसन तथा संघर्षको सम्बन्धमा रास्ट्रीय मानव अधिकार आयोगका अध्यक्ष मा. अनुपराज शर्मालाइ ध्यानाकर्षण पत्र आज फागुन ७ गते बुधवार सबै पहिचान पक्षधरहरु सङ्युक्तरुमा बुझाएको छ ।
थरुहट आन्दोलन र आमरण अनसनको विषयमा थरुहट थारुवान राष्ट्रिय मोर्चा र पहिचानवादी लिम्बुवान, खम्बुवान, नेवा, मगरात, ताम्सालिङ, शेर्पा, खसान, शिल्पी आदि संघ सस्था सङ्गठन मोर्चा, राजनीतिक दलहरुको सयुक्त ध्यानाकर्षण पत्र आज फागुन ७ गते रास्ट्रीय मानव अधिकार आयोगको कार्यालय पुल्चोकमा पुगी सो ज्ञापन पत्र बुझाएको हो । यसैवीच फागुन ६ गते थरुहट–थारुवान राष्ट्रिय मोर्चाद्धारा दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो । सरकार आफ्ना मागहरुप्रति गम्भीर नभएको भन्दै मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मोर्चाले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
जस अन्तरगत फागुन ७ गते धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने, ८ गते दिउँसो १२ बजे देशव्यापी प्रर्दशन गर्ने, ९ र १० गते बडघर, भलमन्सा, किसान, शिक्षक, व्यापारी, लगायतसँग देशव्यापी रुपमा छलफल गर्ने, ११ गते थारु कल्याणकारिणी सभा लगाएतका आन्दोलन गर्ने जनाएको छ ।सभार कृति अनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
AffiliateLabz
4 years ago

Great content! Super high-quality! Keep it up! 🙂

1
0
Would love your thoughts, please comment.x
()
x