८ कार्तिक २०८१, बिहीबार

प्रेस सल्लाहकारमा डाँगी , कानूनी सल्लाहकारमा सिंह नियुक्त

एसीपी संवाददाता

१२ फाल्गुन २०७६, सोमबार १७:२९ मा प्रकाशित

फागुन १२ नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सोमवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले नेपाल उद्योग वाणिज्य महासंघको चैतमा हुने निर्वाचनका लागि निवर्तमान अध्यक्ष नन्दलाल बैश्यलाई केन्द्रीय सदस्यको उम्मेदवार लागि सिफारिस गर्ने निर्णय गरेको छ ।त्यस्तै प्रेस सल्लाहकारमा कमल डाँगी र कानूनी सल्लाहकारमा टिकाजंग सिंह नियुक्त गर्ने निर्णय गरेको संघका प्रवक्ता टंकबहादुर धामीले जानकारी दिनुभयो ।

निवर्तमान अध्यक्षलाई महासंघको केन्द्रीय सदस्य उम्मेदवारमा सिफारिस गर्ने परम्परालाई पछ्याउँदै यसपटक पनि निवर्तमान अध्यक्ष बैश्यलाई सर्वसम्मतरुपमा केन्द्रीय सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको संघका प्रवक्ता धामीले बताउनुभयो ।
बैठकले संरक्षकमा सबै अध्यक्षलाई राख्ने निर्णय गरेको छ । पूर्व अध्यक्षका सल्लाह, सुझाव ग्रहण गर्दै अगाडी बढ्ने नवनिर्वाचित कार्यसमितिको भावना अनुसार सबै पूर्व अध्यक्षलाई संरक्षकमा राखिएको हो ।
बैठकले दुर्गाप्रसाद भण्डारी, ईश्वर प्रसाद पोख्रेल, कोषराज रेग्मी, मुरलीधर शर्मा, करिम खान, चम्पालाल बोथरा, मेघराज ओलीलाई सल्लाहकार मनोनित गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x