२१ बैशाख २०८३, सोमबार

जिल्ला प्रशासन कार्यालय बाँकेमा आइतबार जनमत पार्टीले ज्ञापन पत्र बुझाएको

एसीपी संवाददाता

२५ जेष्ठ २०७७, आईतवार १५:०९ मा प्रकाशित


बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङलाई बिभिन्न माँग राख्दै आइतबार ज्ञापनपत्र बुझाईएको हो । कोरोना महामारीका कारण बिश्वनै त्रसित भएको बेलामा नेपाल र नेपाली जनता समेत मर्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा लकडाउन अवधीभरीको घर, सटर भाडा छुट हुनुपर्ने, लकडाउन अवधीभरको बैंक ब्याज मिनहा, विधुत, टेलिकम लगायत महसुल मिनहा, गरीब मजदुर लगायतको तत्काल पहिचान गरी प्रति ब्यक्ति रु ५ हजार नगद सहयोग उपलब्ध गराउनु पर्ने, ब्यापार व्यवसायको समय तालिका बिहान ७ बजे देखि बेलुका साढे सात बजेसम्म हुनुपर्ने लगायतका माँग राखेको जनमत पार्टीका केन्द्रिय सदस्य इरफान अहमद शेषले बताउनुभयो ।


नेता शेषको नेतृत्वमा चारबाहिनी रोडस्थित पार्टी कार्यालयबाट प्लेकार्डसहित प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाईएको थियो । ज्ञापनपत्र जनमत पार्टी नेता इरफान अहमद शेष को नेतृत्व मा प्लेकार्ड सहित प्रदर्शन गरेको हो । उक्त टोली मे जनमत पार्टी बाँकेका नेता मोहम्मद हुशेन शाह, राजित राम बर्मा, हरपाल सिंह, रियाज अंसारी, रियाज अहमद शेष,शैलेन्द्र कर्ण, मुजफ्फर शेष, सफिक जसगड, नौसाद अंसारी, विन्देश मौर्या, अक्षय सोनकर लगायतको सहभागीता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x